गाउँ पस्ने तयारीमा एमाओवादी

माघ १८,काठमाडौँ – आन्दोलनरत विपक्षी मोर्चाको नेतृत्व गर्दै आएको एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु आन्दोलनका कार्यक्रम लिएर गाँउ र जिल्ला जाने तयारीमा जुटेको बताईएको छ। त्यसको औपचारिक निर्णय भने अझै हुन बाँकी छ । संविधानसभामा आफ्नो सहमतिबिना अगाडि बढाईएको प्रक्रिया रोकेमात्र वार्ता गर्ने बताउंदै आएका उनीहरु संविधानसभाको प्रस्ताव निर्माण समितिले आफ्नो काम शुरु गरेपछि पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमहरुलाई नै अगाडि बढाउने निर्णय गर्न लागेका हुन्।

आफ्नो विरोध हुँदा(हुँदै पनि संविधानसभामा प्रस्ताव निर्माण समिति गठन भएपछि आन्दोलनमा जाने भन्दै विपक्षी मोर्चाले कार्यक्रमहरु तय गरेको थियो। उहाँहरुले त्यो प्रक्रिया अगाडि बढाउनुभएको छ, हामीले आन्दोलनका प्रक्रिया अगाडि बढाएका छौं ।  प्रस्ताव निर्माण समितिको बैठक नै बसेर कामलाई अगाडि बढाईएपछि प्रक्रिया नरोकिएसम्म सत्तापक्षीय दलहरुसँग वार्ता नगर्ने भन्दै आएको मोर्चा थप चिढिएको छ।

एमाओवादी सचिव वर्षमान पुनले भने, “उहाँहरुले त्यो प्रक्रिया अगाडि बढाउनुभएको छ, हामीले आन्दोलनका प्रक्रिया अगाडि बढाएका छौं, अहिलेको समितिमा पनि सहभागी हुँदैनौं, पछि त्यसले प्रस्ताव गर्न सम्भावित प्रस्तावमा पनि सहभागी हुँदैनौं, संविधानसभामा त जाने प्रश्न नै भएन।” वार्ताको सम्भावना तत्कालका लागि टरेको जस्तो देखेपछि नेताहरुले जिल्ला केन्द्रित आन्दोलनतिर ध्यान केन्द्रित गर्न लागेका छन्।

यसैबिच  उनले भने, “अध्यक्ष लगायत हामी सबै आन्दोलनका कार्यक्रम लिएर ठाँउ(ठाँउ जान्छौं, त्यो अनुसारको कार्यविभाजनको तयारी भएको छ।” यसरी गरिने आफ्नो आन्दोलनको लक्ष्य भने बहुमतीयमा गएको राजनीतिलाई पुनः सहमतिमा ल्याउनु रहेको उनको भनाई छ।