संविधानका विवादीत अन्तरबस्तुको प्रश्नावली निर्माण कार्य आजबाट सुरु

माघ १९ ,काठमाडौँ –विपक्षि मोर्चाको विरोधका बाबजुत पनि सत्तापक्षले संविधान निमार्णको कार्यलाई निरन्तरता दिई रहेका छन् । सत्तापक्ष दल सम्मीलीत गठित प्रश्नावली प्रस्ताव निर्माण समितिले कार्यविधि पारित गरे संगै संविधानका विवादीत अन्तरबस्तुको प्रश्नावली निर्माण कार्य आजबाट सुरु भएको छ ।

कार्यविधि तय भएसंगै समितिले आजबाट सुरु गरी तिन दिन भित्र प्रश्नावली तयार गरि सक्ने जनाएको छ । कार्यविधिमा अन्तरिम संविधानले किटान गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, अघिल्लो सम्बिधानसभाले तय गरेको समावेशीता धर्मनिरपेक्षता लगायतमा प्रतिकुल नुहुने गरी प्रश्नावली तयार गरिने उल्लेख  हो ।

संविधानसभामा शुरु भएको प्रक्रियाप्रति असहमति जनाउदै आन्दोलन घोषणा गरेका विपक्षी दलहरुको बहिष्कारकावीच समितिले आफ्नो काम शनिवारबाट शुरु गरेको थियो । समिति गठनलाई विपक्षी

दलले अस्वीकार गर्ने भएपछि ७३ सदस्यीय समितिमा सत्तारुढ दलका ४९ जना मात्रै सदस्य रहेका छन् ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे संविधानसभामा जनमत गर्नुपर्ने भन्दै संविधानसभाको चौथो ठुलो दलको रुपमा आफुले राखेको प्रस्तावलाई कांग्रेस र एमालेले नमानेको भन्दै राप्रपा नेपालले प्रश्नावली अन्र्तगत उपसमितिको हिजोको बैठक बहिस्कार गरेको थियो ।