अब संविधानसभा होइन सडकमा जान्छौँ : मोर्चा

माघ १८,काठमाडौँ -सत्ता साझेदारको चेपुवामा परेर अत्तालीएको एमाओवादी नेतृत्वको मोर्चाले संविधानसभामा सामुहिक राजीनामा दिएर सडकमा जाने चेतावनी दिएको छ। काँग्रेस एमालेको आडमा सभामुखले चालेको कदमको बिरोध गर्दै आएको मोर्चाले अब अन्य उपाय नदेखेपछि अन्तिम अस्त्रका रुपमा यसरी  सत्तासाझेदारलाई पासा फ्याक्ने तयारीमा लागेको हो । जसको तयारी मोर्चाले आज बिहान प्रचण्ड निवासमा मोर्चाका सदस्यहरुसँग बसेर गरिरहेको बुझिएको छ ।

संविधानसभामा नयाँ संविधानका विवादित विषयमा प्रश्नावली बनाउने प्रक्रिया अघि बढाएपछि आक्रोषित बनेको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका संयोजक एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट सामुहिक राजिनामा दिएर सडक तताउने प्रस्ताव मोर्चाको बैठकमा पेश गरेका छन् ।

सत्ता पक्षले सामान्य विरोधको वेवस्ता गरेको भन्दै विपक्षी मोर्चाले सरकारलाई गतिलो जवाफ दिने भन्दै प्रचण्डले मोर्चाको बैठकमा संविधानसभाबाट सामुहिक राजिनामा दिने प्रस्ताव अघि सारेका हुन् । ३० दलीय मोर्चाका नेतासँग प्रचण्डले संविधानसभाबाट सामुहिक राजिनामा दिने विषयमा आन्तरिक छलफल सुरु गरेको मोर्चा निकट एक नेताले इमेल खबरलाई जानकारी दिए ।