मकवानपुरमा औद्योगिक व्यापार मेला आज सकिदै

माघ १८,मकवानपुर- निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको औद्योगिक व्यापार मेला आज सकिंदैछ । १० दिन संचालन हुने भनिए पनि आज ११ औं दिनमा मेलाको समापन गर्न लागिएको हो । मेलाका अवसरमा आयोजना गरिएको हेटौडा आइडलको छनौट पनि आजै हुने भएको छ ।

३० जना प्रतियोगी सहभागी स्थानीय गायकहरु मध्ये अन्तिम पाँचको हिजो टुङ्गो लागिएको थियो । मेलामा अहिलेसम्म १३ करोड २९ लाख २३ हजारको कारोबार भएको आयोजकको भनाइ छ । निर्माण व्यवसायी संघ मकवानपुरको रजत वर्षको अवसरमा माघ ७ गते देखि शुरु भएको मेलामा लत्ताकपडा, निर्माण सामाग्री, अटो, खानालगायतका ३ सय ५० वटा स्टल रहेका छन् ।