कांग्रेसका वरिष्ठ नेता देउवाद्वारा डडेल्धुराको आगलागी क्षेत्रको निरीक्षण

माघ १८, डडेल्धुरा- पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराको सदरमुकाम बागवजारमा भएको आगलागिको आज बिहान निरिक्षण गर्नुभएको छ । डडेल्धुरा जिल्ला वागजवजारमा भिषण आगलागिबाट भएको क्षतीको अनुगमन गर्नका लागि डडेल्धुरा पुग्नु भएका देउवाले निरिक्षण क्रममा आगलागिबाट पिडित भएकाहरुका लागि सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

विविध कारणले क्षतिको अनुगमनगनका लागि ढिलाई भएको भन्दै घटना प्रति दुःख व्यक्त गर्दे नेता देउवाले अब नेपाल सरकारद्वारा गठित समितिले छिट्टै अनुगमन गरी पिडितहरुलाई राहत उप्लव्ध गराउनका लागि पहल गरिने वताउनु भयो । साथै नेता देउवाले आगलागिका बारेमा पिडित र प्रमुख जिल्ला अधिकारीसँग अहिले केहीबेरमा छलफल गर्ने कार्यक्रम राखिएको छ ।