टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल आज

माघ १८,इलाम- इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल आज हुने भएको छ । दोस्रो क्वार्टरफाइनलमा आज झापा–११ ले त्रिभुवन आर्मी क्लबसँग खेल्दैछ । झापा–११ ले प्रिक्वार्टरफाइनलमा आयोजक माइभ्याली फुटबल क्लवलाई २–० ले पराजित गर्दै अन्तिम आठमा ठाउँ बनाएको हो । आर्मीले भने सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो । यस अघिको खेलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको हिजो भएको क्वार्टरफाइनलमा बंगलादेशको काम्रुजमान टिमलाई ४–० ले पराजित गर्दै पुलिसले अन्न्तिम चारमा ठाउँ पक्का गरेको हो । प्रतियोगीतामा पुलिसका सुरज बिकेले म्यान अफ द म्याच बन्दै पाँच हजार रुपैयाँ पुरस्कार पाउँनु भएको छ ।