हिजो स्थकित एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

माघ १८,काठमाडौं- एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक गृहकार्य नपुगेकाले भन्दै आजका लागी तए भएको हो । विहान ११ बजे बस्ने बैठकमा नयाँ संविधान निर्माणमा सहमतिको सम्भावना सकिएको निष्कर्षमा पुगेको माओवादीले आन्दोलनको तयारी र नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफललाई केन्द्रीत राख्ने भएको छ । पार्टी प्रवक्ता दिनानाथ शर्माका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यविभाजन सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रस्तावमा यही माघ तेस्रो सातादेखि पहिलो चरणमा सभा, जुलुस लगायत जनप्रदर्शनका आन्दोलनका कार्यक्रम गर्ने र सरकारको प्रतिक्रियाअनुसार अघि बढ्ने एकीकृत माओवादीको योजना छ । सत्तारुढ दलले विधि प्रकृया र नियमावलीविपरित प्रकृयामा जाने निर्णय गरेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्र्न तयारीमा माओवादी जुटेको छ ।