प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठक आज पनि बस्दै

माघ १८,काठमाडौं-संविधानका विवादीत मुद्दा संविधानसभामा मतदानबाटै टुङगाउँने गरी सुरु भएको प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठक आज पनि बस्ने भएको छ । आज दिउँसो १ बजेका लागी तए भएको बैठकमा हिजो गठित उपसमीतीको कार्य विधि पेस गर्ने कार्यक्रम तय भएको छ । समीतिको पहिलो बैठकले कार्यविधि तयार गर्न कांग्रेस सभासद रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरे संगै कार्य विधि पेश गर्ने जिम्मेवारी दिइएको छ । विपक्षीमोर्चाको बहिस्कार बाबजुत पनि हिजोबाट प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठक सुरु भएको हो ।

यसैविच नव गठित उपसमितीको बेठक पनि आजै बस्ने भएको छ । प्रस्ताव निर्माण समितिको बैठक बस्नु भन्दा अगाडि विहान ९ बजे तए भएको बैठकमा कार्य विधिको मस्यौदा माथि छलफल हुने भएको छ । छलफल पछि कार्यविधी दिउँसोको समीती बैठकमा पेस गरिने उपसमिती सदस्यीय तथा सभासद श्रीमाया थकाली जानकारी दिनुभयो । उपसमितीको बैठक हिजो पनि बसेको थियो ।
यस अघिको बैठकमा विपक्षीदलरुहलाई संविधानसभाबाटै विवादित विषयको समाधान खोज्न सकिने भन्दै समितिमा रहने सदस्यहरुको नाम पठाउन समेत अनुरोध गरेको छ । माघ ८ मा संविधान नबन्नुमा एकार्कालाई दोषारोपण गर्दै विवादमा उत्रेका सत्तारुढ गठबन्धन र विपक्षी मोर्चाबीच पछिल्ला दिनमा संवादहीनताको स्थिति रहेकैबेला प्रस्ताव निर्माण समितिको बैठक बसेको हो ।
सत्तारुढ दल र विपक्षीवीच संविधानसभामा प्रश्नावली समिति बनाउने बारेमा विवाद भई संविधानसभामा अवरोध जारी रहेपछि यही माघ ११ गते संीवधानसभा अध्यक्ष स्वयंले समिति घोषणा गर्नुभएको थियो । समिति गठनलाई विपक्षी दलले अस्वीकार गर्ने भएपछि ७३ सदस्यीय समितिमा सत्तारुढ दलका ४९ जना मात्रै सदस्य रहेका छन् । समितिको पहिलो बैठक विपक्षी दलहरुको सहभागी बिना नै बस्ने र समितिलेआफ्नो काम शुरु गर्ने निर्णय सत्तारुढ दलहरुको निर्णय छ ।
समिति गठनबाट रुष्ट बनेका विपक्षी दलहरुले समिति गठन निर्णय फिर्ता नभएसम्म वार्तामा नबस्ने अडान राखेका छन् भने समिति गठन निर्णय फिर्ता हुनै नसक्ने सत्तारुढ दलको निश्कर्ष छ ।