कीतिर्मानी तेक्वान्दो खेलाडी दीपक विष्टले सन्यास लिए

माघ १७,काठमाडौं- कीतिर्मानी तेक्वान्दो खेलाडी दीपक विष्टले आज सक्रिय खेल जीवनबाट सन्यास लिनुभएको छ । आज राजधानिमा एक कार्यक्रम गरी बिष्टले करिब १९ वर्ष लामो सक्रिय खेल जीवनलाई बिराम दिएको घोषणा गर्नुभएको हो ।

२०५२ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पछि विष्टले कहिले पनि पछाडी फर्कनु परेन । विष्ट सन्यासपछि तेक्वान्दो प्रशिक्षकमा रुपमा भने रहने छन् । विष्टले कार्यक्रममा आफूलाई खेल जीवनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
सन्यासको घोषणागर्न आयोजित कार्यक्रममा विष्टलाई साढे ३३ लाख रुपैया पर्ने भोक्स वागेन कार प्रदान गरिएको थियो । विष्टका शुभचिन्तक र सहयोगीले रकम संकलन गरेर किनेको यो कारका लागि सरकारले २३ लाख रुपैया बराबरको कर मिनाहा दिएको थियो । कार्यक्रममा बाण्ँिज्य तथा आपूति र्मन्त्री सुनिलबहादुर थापाले विष्टलाई कार हस्तान्तरण गर्नुभयो ।

सन्यासको बेला कार हात पार्ने विष्ट नेपालको चौथो खेलाडी हुन् । यसअघि फुटबलका उपेन्द्रमान सिंह र हरि खड्का तथा तेक्वान्दोक संगीना वैद्यले सन्यास लिने बेलमा कार पाएका थिए । करातेका खेलाडी दीपक श्रेष्ठलाई भने सन्यासको बेला नेबिको प्रालिले टिपर उपहार दिएको थियो । सन्यासको घोषणा गरेका विष्टलाई सरकारले आवास सुविधाका लागि यसअघि २५ लाख रुपैया प्रदान गरेको थियो ।
सन् १९९९ मा काठमाडौंमा, २००४ मा पाकिस्तानको इस्लामावादमा, २००६ मा श्रीलंकाको कोलम्बोमा र सन् २०१० को बंगलादेशको ढाकामा भएको दक्षिणएसियाली खेलकुदमा स्वर्ण जितेका विष्टले सन् २००२ को बुसान र सन् २००६ को दोहा एसियाडमा काश्य पदक जितेका थिए ।

सन् २०१० मा ढाकामा चोट बोकेरै विपक्षसग भिडेका दीपकले ८७ केजी तौल समूहको फाइनलमा भुटानी खेलाडीलाई हराउदै चौथो पटक स्वणर््ँ जितेका थिए । कार्यक्रममा नेपाली खेल जगतका पुराना र नया पुस्ताका खेलाडी तथा प्रशिषकको ठुलो जमघट थियो । पछिल्लो दशौं साफ गेम यता विष्ट तेक्वान्दोको रिंगमा उत्रेका छैनन् । उहाँले हाल काठमाडौंको नया बानेश्वरमा खेलकुद सम्बन्धी सामग्रीको व्यापार गर्दै आएका छन् ।