श्रीपवनलाई देशको मुख्य न्यायाधीश नियुक्त

माघ १७,काठमाडौं- श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले अल्पसंख्यक तमिल सुमदायका श्रीपवनलाई देशको मुख्य न्यायाधीश नियुक्त गरेका छन् । ६२ बर्षीय श्रीपवनलाई सिरीसेनाले राजधानी कोलम्बोमा शपथ ग्रहण गराउनु भएको छ । राष्ट्रपति सिरीसेना बहुसंख्यक सिनहाली समुदायका हुनुहुन्छ ।

अल्पसंख्यक तमिल समुदायसँग सम्वन्ध अझै प्रगाढ बनाउन उहाँले श्रीपवनलाई मुख्य न्यायायाधीश बनाएको स्थानीय सन्चार माध्यमले जनाएका छन् । सिरीसेनाले हालै भएको निर्वाचनमा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेलाई हराउनु भएको थियो । एजेन्सी