एसबिआईबैकबाट २० लाख लुटपाट

माघ १७, रौतहट-रौतहटको चन्द्रनिगाहापुर स्थित नेपाल एसबीआई बैंकको शाखामा अज्ञात समूहले २० लाख रुपैया लुटपाट गरेको छ । पेस्तोल लिएर बैंकभित्र छिरेको चार–पाच जनाको समूहले सुरक्षा गार्ड र कर्मचारीहरुलाई नियन्त्रणमा लिएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।  बैंकबाट २० लाख रुपैया लुटिएको प्रारम्भिक जानकारी आएपनि अनुस्नधान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीको जवाफी कारबाहीमा सिन्धुलीका नारायण राई घाईते भएका छन् ।  यस अघि लुटेराहरुको प्रतिकार गर्न खोज्दा बैंकका सुरक्षा गार्ड शेरबहादुर कार्की घाइते हुनुभएको छ । उहाँको  जिल्ला अस्पलातमा उपचार भैरहेको  छ ।