इङ्गलिश प्रिमियर लिगमा आज पाधिका दावेदारको महाभिडन्त

माघ १७,काठमाडौं- इङ्गलिश प्रिमियर लिग फुटबलमा आज उपाधिका मूख्य दावेदारहरु चेल्सी र म्यानचेष्टर सिटी बिचको महासंग्राम भिडन्त हुने भएको छ । जुन खेललाई बहुप्रतिक्षित खेलका रुपमा पनि हेरिएको छ । त्यस्तै आज राती हुने अन्य आठ खेल अन्र्तगत हल सिटीले न्यूकासल युनाइटेडको सामना गर्नेछ । त्यसैगरी राति पौने ९ बजे ६ खेल हुँदैछन् ।

म्यानचेष्टर युनाइटेडले लेस्टर सिटीको, लिभरपुलले वेष्टह्याम युनाइटेडको तथा क्रिष्टल प्यालेसले एभर्टनको सामना गर्दैछ । त्यसैगरी स्टोक सिटीले क्विन्स पार्क रेन्जर्स क्यूपिआरको, सन्डरल्याण्डले बर्नलेको तथा वेष्ट ब्रोमविच आल्बियनले टोटनह्याम हट्सपरको सामना गर्दैछ । लिगमा हल सिटी, क्यूपिआर र लेस्टर सिटी पुछारमा छन् ।