अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले अर्जेन्टिनाको सामना गर्दै

माघ १७,काठमाडौं-अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज १३ खेलहरु हुदैछन । आज विश्वकप उपविजेता अर्जेन्टिनाले पोर्चुगलसंग खेल्दैछ ।
क्लव फुटबलका चिर प्रतिद्वन्द्वी बार्सिलोनाका स्टार लिओनल मेस्सी र रियल मड्रिडमा क्रिष्टीयानो रोनाल्डो आज आ–आफ्ना राष्ट्रीय जर्सीमा प्रतिस्पर्धामा उत्रनेछन ।

यस्तै आज ब्रजिलले अष्ट्रीया विरुद्ध खेल्दा ईटालीले अबलेनियाको सामना गर्नेछ । यसैगरी आज जापानले अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्नेछ भने ईंगल्याण्डले स्कटल्याण्ड विरुद्ध खेल्नेछ ।  यस्तै ग्रिस र साईबेरिया, स्लोभानिया र कोलम्बीया, रोमानिया र डेनमार्क, हंगेरी र रसिया, बेलारुस र मेक्सीको, स्लोभाकिया र फिनल्याण्ड तथा आरयरल्याण्ड र अमेरिका बीच पनि आजै प्रतिस्र्पधा हुनेछ ।