ट्याक्टर पल्टिंदा एक जनाको मृत्यु

माघ १७,चितवन- गएराती पूर्वी चितवनको पिप्लेमा ट्याक्टर पल्टिंदा एकजनाको मृत्यु भएको छ । पिप्ले–६ स्थित सडकमा ना ३ त ८४६० नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टरमा काम गर्ने पिप्ले–६ का २४ वर्षिय जीवन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै, हिजौ पूर्वी चितवनकै भण्डारामा बस र स्कारपियो ठोक्किदा तीन जना घाईते भएका छन् ।