काभ्रेमा पुरानै एसएलसी केन्द्र, पहिलो पटक प्राविधिक विषयका विद्यार्थी सहभागि हुँदै

माघ १७,काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक जिल्लामा गत वर्षको एसएलसी परीक्षा केन्द्रलाई नै यो वर्ष पनि निरन्तरता दिइएको छ । मंसिर महिनामा नै शिक्षा विभागमा केन्द्रको सिफारिस गरिसक्नु पर्ने भएपनि जिल्ला शिक्षा कार्यालयमा भइरहेको महिना नै पिच्छेको शिक्षा अधिकारीको सरुवाका कारण माघ ८ गते बसेको एसएलसी परीक्षा समन्वय समितिले पुरानै केन्द्र सिफारिस गरेको हो । एसएलसी दिने विद्यार्थीसंख्या भने गत वर्षभन्दा कमी रहेको कार्यालयले जनाएको छ । जिल्लामा यो वर्ष नियमित र एक्जाम्टेडका गरी जम्मा ९ हजार ८ सय १२ जना परीक्षार्थीका लागि ४० वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक यो वर्ष दुई वटा विद्यालयबाट प्राविधिक विषय तर्फका ४७ जना, १÷१ ओटा खुल्ला विद्यालयका ७३ र अनौपचारिक विद्यालय तर्फका १७० जना परीक्षामा सहभागि हुदैछन् । परीक्षामा जिल्लाका सामुदायिक र संस्थागत गरी २०८ वटा विद्यालयका विद्यार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालय काभ्रेले जनाएको छ ।