संविधानसभाको बैठक आज बस्दै

माघ १७,काठमाडौँ -विपक्षी मोर्चाले वार्ता शुरु गर्न प्रश्नावली समिति गठन निर्णय फिर्ता हुनुपर्ने माग गरिरहेको बेला संविधानसभाले भने समितिको पहिलो आज बोलाएको छ । समितिको पहिलो बैठक संविधानसभा अध्यक्षले बोलाउने प्रचलन अनुसार आज दिउसो १ बजेका लागि बैठकबोलाएको संविधानसभा सचिववालले जनाएको छ । पाँचदिनको समयावधी पाएको प्रश्नावली समितिको आजको पहिलो बैठकले समतिको कार्यविधिको बारेमा टुङ्गो लगाइने जनाएको छ । बैठकको अध्यक्षता भने जेष्ठ सदस्यले गर्नेछ । समितिलाई संविधानसभाको संबैधानिक तथा राजनीतिक संवाद समितिमा आएका सबैदलका धारणाहरु अध्ययन गरेर सहमति हुन नसकेका विषयहरुमा संविधानसभामा मतदानको आधारमा टुङ्गो लगाउन प्रश्नावली तयार पार्न जिम्मेवारी दिइएको छ ।

सत्तारुढ दल र विपक्षीवीच संविधानसभामा प्रश्नावली समिति बनाउने बारेमा विवाद भई संविधानसभामा अवरोध जारी रहेपछि यही माघ ११ गते संीवधानसभा अध्यक्ष स्वयंले समिति घोषणा गर्नुभएको थियो । संीवधानसभाको कार्यव्यवस्था परामर्श समतिमा सत्तरुढ दलहरुका प्रमुख सचेतकहरु प्रश्ताबक र समर्थक रहने निर्णय भएपनि सभाध्यक्ष स्वयंले समिति घोषणा गरेकोलाई विपक्षी दलहरुले भने खेलमा रेफ्रीले नै गोल प्रहार गरेको जस्तो भन्दै समिति अस्वीकार गर्ने बताउदै आएका छन् ।
समिति गठनलाई विपक्षी दलले अस्वीकार गर्ने भएपछि ७३ सदस्यीय समितिमा सत्तारुढ दलका ४९ जना मात्रै सदस्य रहेका छन् । समितिको पहिलो बैठक विपक्षी दलहरुको सहभागी बिना नै बस्ने र समितिलेआफ्नो काम शुरु गर्ने निर्णय सत्तारुढ दलहरुको निर्णय छ । सत्तारुढ दलहरुको हिजो बालुवाटारमा बसको बैठकले एमाओवादी नेतृत्वको विपक्षी मोर्चा नआएपनि प्रश्नावली समितिले आफ्नो काम शुरु गर्ने निर्णय गरेकोहो ।
समिति गठनबाट रुष्ट बनेका विपक्षी दलहरुले समिति गठन निर्णय फिर्ता नभएसम्म वार्तामा नबस्ने अडान राखेका छन् भने समिति गठन निर्णय फिर्ता हुनै नसक्ने सत्तारुढ दलको निश्कर्ष छ ।