चर्चित नायिका नै कण्डमको पोशाकमा सजिएपछि

काठमाडौँ – अजिव समाचार र घटना घटाउने मुलुक भारतमा यतिबेला कण्डमको चर्चाले बजार तातेको छ । एचआईभी एड्सबाट संक्रमितको संख्या विश्वभर बढ्दै गएको बोला भारतमा भने सबै चर्चित मोडलले कण्डमकै पोशाक लाएर एचआईभी एड्स विरुद्धको अभियानमा सहभागीता जनाएका हुन् । भारतकै एक कण्डम उत्पादन कम्पनीले आयोजना गरेको एक फेशन शोमा सबै चर्चित मोडल कण्डमै कण्डमको पहिरनमा सार्वजनिक भएका हुन् ।

भारतमा पहिलो पटक कण्डम फेशन शो को आयोजना भएको हो । भारतले पहिलो पटक आयोजना गरेको कण्डम शोमा भारतका चर्चित मोडलहरुको सहभागिता थियो । कण्डम शो कार्यक्रममा उपस्थित सबै मोडलले कण्डमकै पहिरन लगाएका थिए ।

mmmकण्डम फेशन शोमा बलिउड नायिका तथा मोडल मुग्धा गोड्से शो स्टपरको रुपमा सहभागी भएकी थिइन् । उनी समेत कन्डमबाट डिजाइनको पोशाकमा सजिएकी थिइन ।

कण्डम शोमा उपस्थित मोडलहरुले कण्डमबाट बनेको पोशाक लाउन पाउँदा खुशी लागेको बताएका छन् ।