आज नेपाल–भारत कुस्ती प्रतियोगिता हुँदै

माघ १६,नवलपरासी – नवलपरासीमा आज देखि विराट कुस्ती प्रतियोगिता हुँदै छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका अन्तराष्ट्रिय कुस्ती खेलाडीहरुको सहभागीता हुने आयोजक संस्थाले जनाएको छ । आयोजक संस्था अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता मूल समितिका संयोजक रामभवन यादवले प्रतियोगितामा पुरुष कुस्ती खेलाडीसँगै महिला खेलाडीहरुको पनि सहभागिता रहने जानकारी दिनुभयो । नेपालबाट अन्तराष्ट्रिय पहलवान केशबदास नागा, नेपाल राष्ट्रिय स्वर्णपदक विजेता बैजनाथ पहलवानलगायत छन् । त्यसका अलावा नेपालको पोखरा, बारा, पर्सा, विरगंज रुपन्देही, कपिलवस्तु नवलपरासीलगायतका जिल्लाबाट पनि पहलवानहरुको सहभागिता हुने संयोजक यादवले बताउनुभयो । त्यस्तै भारतकोतर्फबाट अशोक पहलवान (दिल्ली), गया पहलवान(वनारस), मजितसिंह पहलवान(पंजाब)को प्रतियोगितामा सहभागिता हुँदैछ ।