नेपाल आयल निगमद्वारा आज पनि ग्याँस वितरण हुँदै

माघ १६,काठमाडौँ- उपभोक्ताले सहज रुपमा खाना पकाउँने ग्याँस पाउँन नसकेको गुनासो आए पछि नेपाल आएल निगमले आज पनि ग्याँस वितरण गर्दै छ । हिजो वितरण गरेको स्थानमा ग्याँस नपुगेका हरुलाई आज थप ग्याँस वितरण गर्ने आयलनिगमलेले जनाएको छ ।

निगमले हिजोबाट नयाँ बानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमूल लगायतका क्षेत्रमा ग्याँस वितरण गरि रहेको छ । २७ गतेसम्म एक दिन विराएर ग्याँस वितरण गर्ने योजना बनाएको निगमले उपभोक्ताको माग पुरा गर्न नसकेको सर्वसाधारणले ग ुनासो गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा सम्बन्धित ग्याँस विक्रेताबाट विक्री वितरण गराउने निगमले जनाएको छ ।
यसअघि टेकुमा ११ गतेदेखि सञ्चालन गरिएको सुलभ पसलले उपभोक्ताको माग पूरा गर्न नसकेको भन्दै दुई दिनमै बन्द भएको थियो ।