काभ्रे पनौतीमा एक घरमा आगो लाग्दा तीनजनाको मृत्यु

माघ १६,काभ्रे- काभ्रे पनौतीमा एक घरमा आगो लाग्दा तीनजनाको मृत्यु गएको छ । पनौती नगरपालिका १० मा विनोद भण्डारीको घरमा आगो लाग्दा भण्डारीसहित उहाँकी श्रीमती भागीरथी र छोरा बिपिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

जस्ताको छानो भएको एकतले पक्की घरमा कतिबेलादेखि आगो लागेको यकिन हुन सकेको छैन । गाउँलेले राती एक बजे थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । विद्युत सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।