आज सहिद दिवस, सहिदहरुको सम्झनामा देशव्यापीरुपमा मनाइंदै

माघ १६,काठमाडौँ- आज सहिद दिवस १ सय ४ वर्षिय जहानियां राणा शासनविरोधी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा आज देशव्यापीरुपमा सहिद दिवस मनाइंदै छ । चार सहिद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ । सहिद दिवसका अवसरमा राजधानीको लैनचौरस्थित सहिद स्मृति पार्कमा विशेष कार्यक्रमको आयोजना गरिदै छ ।

विसं १९९७ माघ १० गते निरङकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थीत खरीको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो । यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सहिद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ ।