दलहरु आ—आफ्नै अडानमा

माघ १६,काठमाडौँ- प्रमुख राजनीतिक दलहरु सहमतीय संविधान निमार्णमा जुट्नको सट्टो यति खेर आ—आफ्नो अडान लिई दुई धुब्रमा उभियका छन्् । प्रश्नावली समिती गठन गरे संगै रुष्ट बनेको एमाओवादीत नेतृत्वको विपक्षि मोर्चा आन्दोलनको तयारीमा रहेको छ भने सत्तापक्ष कांग्रेस तथा एमाले भने प्रक्रिया सुरु भएको भन्दै प्रश्नावली वनाई संविधान निमार्णमा अघि बढ्नु पर्ने पक्षमा रहेका छन् ।

प्रतिपक्षदल एमाओवादी तथा मधेसवादी मोर्चाले ११ गतेको संविधान सभाको बैठकमा सभाध्यक्ष सुवास चन्द् नेम्वाङले ७३ सदस्यीय प्रश्नावली समीती गठन गरे पछि निर्णय खारेजिको माग गर्दै बर्ता र सम्वाद वहिस्कार गरेको छ । प्रक्रिया नभएई सहमतीको बाटो अवलम्वन गर्नु पर्ने भन्दै मोर्चाले आन्दोलनको घोषणा समेत गरेको छ ।

सत्ता पक्ष भने आन्दोलनको बाटो छोडेर वार्तामा आई संविधान निमार्णको कार्यमा सहभागि हुन विपक्षि मोर्चालाई आग्रह गरेको छ । ७३ सदस्यीय प्रश्नावली समीतीको पहिलो बैठक भोलीका लागी तए भएको भए पनि बैठक बस्ने या नबस्ने भन्ने निश्चीत रहेको छैन । ७३ सदस्यीय मध्य ४९ जनाको मात्र नाम समितीमा उल्यख भएको छ । विपीक्ष मोर्चाले अहिले सम्म आफना्े नाम समीतीमा नदिए पछि बैठक अनिश्चीत बनेको हो ।