त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बीचको खेलमा १-१ गोलको बराबरी

माघ १५,काठमाडौँ-  रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ टिमले १-१ गोलको बराबरी खेलेका छन् ।

जारी लिगमा आज पहिलो खेल खेलेको एपीएफले सिमरा गोल्ड कप फुटबलको उपाधि विजेता आर्मीलाई १-१ गोलको बराबरीमा रोकेको हो ।पहिलो हाफको ३६ औं मिनेटमा दिप लामाको गोलमार्फत आर्मीले अग्रता लियो ।तर दोस्रो हाफको ७२ औं मिनेटमा एपीएफका नविन लामाले एक गोल गर्दै एपीएफलाई बराबरीमा ल्याएका हुन् ।पहिलो पटक होम एण्ड अवेको आधारमा जारी लिगमा ए डिभिजनका ५ तथा जिल्लाका ४ टोली सहभागि छन् ।