एमाओवादीका कारण संसद बैठक बस्न सकेन

माघ १५,काठमाडौँ- लामो समय देखि बस्न नसकेको ब्यबस्थापीका संसदको आजको बैठक पनि स्थगीत भएको छ । एमाओवादीका सभासदहरु अनुपस्थित भएपछि व्यवस्थापिका संसद अन्तर्गतको समितिको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको छ । बैठक सुरु भएलगतै एमाले सभासद भरतमोहन अधिकारीले एमाओवादीका सभासदहरुको अनुपस्थितिमा बैठक बस्न नहुने भन्दै स्थगित गर्न प्रस्ताव राखेका थिए । सो प्रस्तावमा अरु सभासदहरुले पनि समर्थन जनाएका थिए । बैठकमा पुराना सवारी साधनको व्यवस्थापनबारे छलफल गर्ने एजेण्डा थियो ।