अर्थ समितिले दियो एमाओवादीलाई ३ दिने डेट लाइन

माघ १५,काठमाडौँ- सरकार र संविधानसभालाई असहयोग गर्दै आएको एमाओवादीले संसदका समिति पनि बहिष्कार गरेको छ । आज बसेको संसदको अर्थ समिती बहिष्कार गरेको एमाओवादीका कारण समिति बैठक विहिवार एजेण्डामा प्रवेश नगरी टुंगिएको संसद सचिवालयले जनाएको छ । आजको बैठक एजेण्डा पूराना सवारी साधनको व्यवस्थापन सम्बन्धी एजेण्डामा भएपनि स्थगीत भएको छ । आजको एजेण्डामा छलफल गर्न सरकारका मुख्य सचिव, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरुलाई समेत बोलाईएको थियो ।

यसअघि हिजो नै एमाओवादीले संसदीय समिति बैठक समेत बहिस्कार गर्ने निर्णय गरेकाले उसका सभासदहरु सहभागी भएनन् । सो अवसरमा समितिका सभापति प्रकाश ज्वालाले जे जसरी बहिस्कार गरे पनि एउटा दलका सभासदहरु सहभागी नभएकाले उनीहरुलाई मौका दिनका लागि आइतवारसम्म बैठक स्थगित गरिएको जानकारी दिए ।

यसैबिच समितिले एमाओवादीलाई बैठकमा उपस्थित हुन ३ दिने म्याद दिएको छ । यदी उनीहरु सो अवधीसम्म पनि सहभागीता नजनाए बैठक अगाडी बढ्ने सभापति ज्वालाले बताए ।