सुन तोलामा ४ सयले बृद्धी

माघ १५,काठमाडौँ- स्थानीय बजारमा सुनको भाउँ तोलामा ४ सय रुपैयाँले बृद्धी भएको छ । सुन चाँदी ब्यबसाइि महासंघका अनुसार सुन प्रति दशग्राम ४६ हजार २ सय ९५ अर्थात तोलाको ५४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार मंगलबार तोलाको ५३ हजार ६ सयमा कारोबार भएको थियो भने चाँदी तोलाको ७ सय ४० मा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैबिच अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२ सय ८७ डलर हाराहारीमा कारोबार भएको महासंघले जनाएको छ ।