लमजुङमा दादुराको खोप अभाव

माघ १५,काठमाडौँ-स्टक रहेको खोप सकिएपछि लमजुङका स्वास्थ्य संस्थाहरुमा दादुरा खोप अभाव भएकोछ । बच्चा जन्मिएको ९ महिनामा लगाउनुपर्ने दादुरा खोप अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दादुरा रोग र रुबेला रोग विरुद्ध लगाईने खोप अभाव भएका कारण बच्चा बर्षदिन पुगिसक्दा समेत खोप लगाउन नपाएको सर्वसाधारण नागरिकले गुनासो गरेका छन् । अहिले विदेशबाट खोप ल्याएर परिक्षण सकिएको र अब केही दिन भित्र जिल्लाभरका स्वास्थ्य संस्थामा खोप पुग्ने बरिष्ठ जनस्वास्थ्य अधिकृत शतिश विष्टको भनाई रहेको रेडियो भोटेओढार लमजुङले जनाएको छ ।