राष्ट्रिय लिग फुटबलमा आज दुई प्रतियोगितामा हुने

माघ १५,काठमाडौँ-राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज दुई विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट दशरथ रंगाशालामा सुरु हुनेछ । हिजोको खेलमा सुदूर पश्चिमाञ्चललाई तीन–शून्य गोलअन्तरले पराजित गरेर थ्रीस्टार क्लबले शीर्ष स्थान कायम गरेको छ । उसको लगातार दोस्रो जित हो । सूदुरपश्चिमाञ्चल आफ्नो पहिलो खेलमा पनि पराजित भएको थियो ।