दोस्रो राष्ट्रिय पुस्तक मेला आजदेखि राजधानीमा सुरु

माघ १५, काठमाडौं- आजदेखि राजधानीको प्रज्ञा भवनमा दोस्रो पुस्तक मेला हुँदैछ । नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले आजदेखि माघ २४ गतेसम्म दोस्रो पुस्तक मेला आयोजना गर्न लागेको हो । आज बिहान १० बजे उद्घाटन गरिने मेला दैनिक बिहान १० देखि साँझ ५ बजेसम्म खुला रहने संघले जनाएको छ । मेलामा नेपालका करिब ३५ हजारभन्दा बढी प्रकाशकको सहभागिता रहने भएको छ भने ७५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलाकै क्रममा लेखक–पाठक साक्षात्कर, विभिन्न पुस्तक विमोचन, बालबालिकाका लागि सृजनात्मक कलाहरु पनि गरिने भएको छ । यसैबीच हिजोदेखि राजधानीमा शुरु भएको क्यान इन्फोटेक मेला आज पनि जारी रहनेछ ।