सभाध्यक्ष र राष्ट्रपतिबीच भेटबार्ता हुँदै

माघ १५, काठमाडौं-संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति डा रामवरण यादवसँग भेटघाट गर्दैहुनुहुन्छ । शितल निवासमा बिहान ११ बजे हुने भेटमा पछिल्लो समयको राजनीतिक अवस्था, संविधान निर्माणको प्रक्रिया र दलहरुबीचको विवादलगायतका विषयमा छलफल हुनेछ । सभाध्यक्ष नेम्वाङले भने राष्ट्रपतिसँगको नियमित भेट भएको बताउनुभयो ।