नेपाल आयल निगमद्धारा आजबाट ग्याँस वितरण गर्दै

माघ १५, काठमाडौं-खाना पकाउँने ग्याँसको अभावले समस्या झेलि रेहका सर्वसाधरणका लागी क्षेत्रगतरुपमा आजबाट नेपाल आयल निगमले ग्याँस वितरण गर्दैछ ।

आयल निगमले क्षेत्रगतरुपमा तोकिएको समयमा ग्यास वितरण गर्ने जनाएको छ । निगमका अनुसार आज नयाँ बानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर र बबरमहल क्षेत्रमा ग्याँस वितरण हुने भएको छ । निगमले आज देखि २७ गतेसम्म एक दिन विराएर ग्याँस वितरण गर्ने भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा सम्बन्धित ग्याँस विक्रेताबाट विक्री वितरण गराउने निगमले जनाएको छ ।
यसअघि टेकुमा ११ गतेदेखि सञ्चालन गरिएको सुलभ पसल उपभोक्ताको माग पूरा गर्न नसकेको भन्दै दुई दिनमै बन्द भएको थियो ।