एमाओवादीको केन्द्रय समीतिको बैठक आज बस्दै

माघ १५, काठमाडौं- एमाओवादीको केन्द्रीय समितीको बैठक आज बस्ने भएको छ । एमाओवादी मुख्य कार्यालय वानेश्वर पेरिसडाँडामा बस्ने बैठकमा सत्ता साझेदार दलहरु विरुद्ध आन्दोलनमा जानुको विकल्प नभएको ठहर गर्दै आन्दोलनका आगामी कार्यक्रम लगायतका विषयमा छलफल गर्ने भएको छ । संविधानसभा र व्यवस्थापिका संसद अन्तरगतका सबै बिषयगत समितिको बैठक पनि बहिस्कार गर्ने निर्णय गरेको माओवादीले यस सम्बनधी पनि आज थप छलफल हुने जनाएको छ ।

व्यवस्थापिका संसदका समिति वहिष्कार गर्ने निर्णय सँगै कामकारवाही प्रभावित हुने भएको छ । संविधानसभामा आफूहरुलाई बाहिर राखेर एकलौटी रुपमा बहुमतीय प्रक्रिया अघि बढाई संविधान जारी गर्न खोजेको भन्दै एकीकृत माओवादीले अब कुनै बैठकमा पनि सहभागि नहुने निर्णय गरेको हो । पार्टीले संसदीय समीति बहिस्कार गर्ने जनाए पनि आफ्नैपार्टीका नेता तथा अन्तराष्ट्रिय समितिका सभापति प्रभु शाहले भने लेखा समीतीको कामकारबाहि ठप्प पार्न नहुेन तर्क दिनु भएको छ । उहाँले आजको केन्द्रीय समीतीको बैठकमा थप छलफल गर्ने समेत बताउँनु भएको छ ।
विशेष गरेर एकीकृत माओवादीका सभासद्ले नेतृत्व गरेका सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय समितिको बैठक प्रभावित हुने भएसंगै शाहले यस्तो प्रतिक्रिया दिनु भएको हो । लेखा समितिका सभापति एकीकृत माओवादीका जनार्र्धन शर्मा र अन्तराष्ट्रिय समितिका सभापति भने शाहा रहनु भएको छ ।
संविधानसभाले गठन गरेको प्रश्नावली प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गर्दै सत्तापक्षको भण्डाफोर गर्ने एमाओवादीको तयारी रहेको छ । सभासदलाई गाउँ फर्किएर सत्तापक्षको भण्डाफोर गर्न समेत निर्देशन दिएको छ ।
११ गतेको संबिधानसभा बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले समिति गठनको प्रस्ताव पेश गरे पछि प्रश्नावली समितीको पहिलो बैठक आगामि सनिबारका लागी बोलाउँनु भएको थियो ।