संविधान सभा नै भङ्ग गर्न बैद्यको जोड

माघ १४,काठमाडौं- सत्तासाझेदारले एकै लौटी रुपमा संविधानसभालाई डाडु पनियो बनाएको आरोप लगाउँदै आएको मोहन बैद्य नेतृत्वको माओवादीले संविधान सभालाई विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय सभामार्फत् गतिरोध अन्त्यको प्रयास गर्नुपर्ने रटान फेरी रेटेका छन् ।
काठमडौँमा बुधबार आयोजीत नेवाः राज्य समितिले गरेको कार्यक्रममा उनले यथास्थितिमा संविधान सभाबाट जनताको संविधान बन्न नसक्ने जिकीर गर्दै संविधानसभा नै भङ्ग गर्नुपर्ने माग गरे ।

उनले संसदभित्रै बसेर एमाओवादीले आन्दोलन गर्नु सशस्त्र युद्धको मर्म र भावना विपरित हुने भन्दै आफ्नो कित्ता स्पष्ट गर्न एमाओवादीलाई आग्रह गरे । यसअघि एमाओवादीबाट फुटेर गएका बैद्यले एमाओवादीसँग मिलेर आम हडताल लगायतका कार्यक्रममा तालमेल पनि देखाउँदै आएका छन् । संविधानसभाबाट बाहिरीए बैद्य माओवादीले एमाओवादीसँग मोर्चा बन्दी कसेर अघि बढ्ने समेत जनाएको छ ।