मोर्चालाई संघीयतामा लचक बन्न प्रधानमन्त्रीको आग्रह

माघ १४,काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले सहमतिबाटै संविधान बनाउन आफु हरपल लागेको बताएका छन् । उनले सहमतिका लागी आफुले वार्ता प्रयास गरेर संविधानका विवादित चार मध्ये तीन विषयमा लचकता अपनाएर भएपनि एमाओवादी मोर्चालाई संघीयतामा लचक हुन आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सचिवहरुको तीन दिने प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले यस्तो आग्रह गरेका हुन् । कोइरालाले अब मुलुकले द्वन्द्व धान्न नसक्ने भन्दै त्यो जनचाहना पनि नभएको स्पष्ट पारे । सो अवसरमा उनले एमाओवादीलाई आफ्नो मुद्दामा लचक बन्न समेत आग्रह गरे ।