मोर्चा सडक आन्दोलनमा जान्छु भन्नु राजनीतिक बेइमानी -नेता खनाल

माघ १४,काठमाडौं-  नेकपमा एमालेका बरिष्ठ नेता झलनाथ खनालले एमाओवादीको मोर्चा सडक आन्दोलनमा जान्छु भनेर धम्की दिनु राजनीतिक बेइमानी हुने बताएका छन् । बुधबार आफ्नै निवास डल्लुमा संचारकर्मीसँग कुराकानी गर्दै नेता खनालले जनता संविधानको पक्षमा रहेका बेला हुने आन्दोलनको कुनै अर्थ नरहने बताए ।उनले यदि एमाओवादीले त्यस्तो निर्णय गरे उनीहरुको राजनीतिक भविष्यनै अन्यौलमा पर्नसक्ने चेतावनी समेत दिएका छन् । खनालले आफुहरुले दुई तिहाइको दम्भमा पक्रिया सुरु गरेको नभै जनताको चाहना पुरा गर्ने बाटोमा हिडेको समेत बताएका छन् ।