प्रकृया नसच्याए संसद र संविधानसभा दुवै बहिस्कार गछौँ : एमाओवादी

माघ १४,काठमाडौं-  एमाओवादीले संविधानसभा र व्यवस्थापिका संसद अन्तरगतका सबै समिति बहिस्कार गर्ने निर्णय गरेको छ । सत्तासाझेदारको आडमा संविधानसभाका अध्यक्षले एक लौटी रुपमा सुरु गरेको भन्दै प्रक्रिया नसच्याए सम्म दुर्व बहिष्कार गर्ने नेता कृष्ण बहादुर महाराले बताए । आज बसेको संसदीय दलको बैठकले समितिहरुको बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘गाउँ गाउँ गएर जनतासँगको सम्वन्ध सुधारमा लाग्न सभासदहरुलाई निर्देशन दिएका थिए । प्रचण्डले आफूहरु राजनीतिको जटिल मोडमा रहेको भन्दै हालसम्मका उपलब्धी रक्षा गर्ने चुनौति रहेको बताएका थिए ।