माघ १४, बझाङ – स्थानीयबासीन्दाको ध्यान यातायातमा केन्द्रित भएपछि बझाङ जिल्लाका विभिन्न स्थानमा शाखा सडक विस्तार गरिदैंछ । यातायात नै विकासको मेरुदण्ड भएका कारण ती ग्रामीण इलाकाहरुमा शाखा सडक विस्तार हुन थालेका हुन् । जसमध्ये चैनपुर कैलाश शाखा सडक, चैनपुर जयपृथ्वी नगर शाखा सडक, चैनपुर मयाना शाखा सडक, चैनपुर सुर्मा सरोवर शाखा सडक, मोरीबगर चौधारी लेकगाउँ शाखा सडक, दंगाजी महेन्दधार शाखा सडक, तमैल छान्ना थाम सडक, भाडेबगर चौघानपाटा शाखा सडक, विस्तार भइरहेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाहरुको अनुदान, नगरपालिकाको अनुदान एवं गाउँ विकास समितिहरुको अनुदान तथा स्थानीयबासीन्दाको श्रमदानबाट ती सडक विस्तारको काम भइरहेको छ । यातायातको सुविधा भएपछि भारी बोक्ने दुख हट्ने यहाँका स्थानीयबासिन्दाले बताएका छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी