छैठौ कपिलवस्तु महोत्सव आजदेखि सुरु हुँदै

माघ १४, कपिलवस्तु -छैठौ कपिलवस्तु महोत्सव आजदेखि सुरु हुदैछ । महोत्सवको उद्घाटन अर्थमन्त्री डा.रामशरण महतले आज मध्यान्ह गर्नुहुने आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघले जनाएको छ । “समृद्ध नगरको लागि व्यवसायिकता, उत्पादनमा औद्मौगिकरण आजको आवश्यकता” भन्ने मुल नाराका साथ छैठौ महोत्सवमा

हिमाली चौरी गाईदेखि गोहीसम्म प्रर्दशन गरिने बताइएको छ । महोत्सवमा २५० व्यवसायिक स्टल तथा ७५ भन्दा बढी कृषिजन्य र विज्ञान प्रदर्शनी स्टलहरु रहने
बताइएको छ । महोत्सवबाट आम्दानी भएको रकम शिक्षबाट बन्चित वालवालिकाहरुको पठनपाठन, सर्पदंश उपचार केन्द्र गोरुसिंगेको भवन निर्माण तथा लक्ष्मणघाटस्थित शवदाह क्षेत्रको व्यवस्थापनमा खर्च गरिने बताईएको छ । महोत्सवमा ४ करोड बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको वाणिज्य सघका अध्यक्ष एवम महोत्सवका संयोजक यज्ञप्रसाद भट्राईले जानकारी दिनुभएको छ ।