एकीकृत माओवादीको संसदीय दलको बैठक बस्दै

माघ १४,काठमाडौं- एकीकृत नेकपा माओवादी संसदीय दलको बैठक आज बस्दैछ । माघ ८ गतेपछिको राजनीतिक अवस्था, संविधान निर्माणमा पार्टीको रणनीति, घोषित आन्दोलनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक गिरिराज मणि पोखरेलले जानकारी दिनुभयो । बैठक अहिले केहीबेरमा संसदीय दलको कार्यालय सिंहदरबारमा शुरु हुने भएको छ ।