आज थ्री स्टार क्लब र सुदुरपश्चिम फुटबल क्लब विच प्रतिष्पर्धा हुदै

माघ १४,काठमाडौं- राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्र्तगत आज थ्री स्टार क्लब र सुदुरपश्चिम फुटबल क्लब विच प्रतिष्पर्धा हुने भएको छ । खेल दिउँसो दरथ रङगशालमा हुने भएको छ । यसेैविच हिजोको खेलमा आर्मीले पूर्वाञ्चलको झापा ११ लाई १–० ले पराजित गरेको छ । केही महिना अघि सम्पन्न एन्फा कपको उपाधि विजेता झापालाई जारी लिगमा बलीयो टोली मानिएको छ । सुरुवाती दुई खेलमा साविक विजेता मनाङ मस्र्याङदी र अर्को दावेदार थ्रीस्टार क्लवले विजयी सुरुवात गरेका छन् । तेस्रो खेलमा विभागिय टोली पुलिस क्लव लुम्बिनीसग स्तब्ध भएको छ ।