काठमाडौको भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक मेला सुरु

माघ १४,काठमाडौं- काठमाडौको भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक मेला सुरु हुँदैछ । ईन्फोटेकमा सूचना प्रविधि सहितका २ सय १९ स्टल रहने कम्प्यूटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष विनोद ढकालले बताउनुभयो ।

कम्प्युटर प्रविधि सम्बन्धी मेलामा विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट दिने महासंघले जनाएको छ । सुविसुले इन्टरनेटका नयाँ तथा आकर्षक योजनाहरु सुपथ मूल्यमा उपलब्ध गराउने जनाएको छ ।
सामसुङले दैनिक लक्की ड्र, एक्सचेन्ज अफर तथा सामानको खरिद गर्ने ग्राहकलाई उपहार दिने तयारी गरेको छ । सामसुङले नै हरेक मोबाइलको खरिदमा ५ प्रतिशत बराबरको एनटीसी तथा एनसेलको रिचार्ज कार्ड दिने बताएको छ ।
यस्तै गोल्ड स्पोन्सर वेभ सर्भरले काठमाण्डू उपत्यकाका र आसपासका क्षेत्रका झण्डै ८० हजार घरमा सिधै र सजिलै इन्टरनेट सेवा प्रदान गर्ने जनाएको छ ।
यस्तै सिद्धार्थ बैंकले अन्तराष्ट«िय प्री पेड ट्राभल कार्ड सुरुमा लिनेलाई लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ । एक्स्पो अवलोकन गर्न १ सय ५० रुपैयाँको टिकट काट्नु पर्ने आयोजकले जनाएको छ । विद्यार्थीलाई परिचय पत्र देखाए ७५ रुपैयाँमा नै अवलोकन गर्न पाउने व्यवस्था छ । ६ दिन सम्म चल्ने इन्फोटेकमा झण्डै १ सय ५० कम्पनीले स्टल राख्ने छन् ।