ग्याँस अभाव कम गर्न भोलीबाट आयल निगमले राजधानिका विभिन्न स्थानमा ग्याँस विक्रि गर्ने

माघ १४,काठमाडौं- व्यापारीले कालोबजारी गरेर बजारमा ग्याँसको कृतीम अभाव सृजना गरे पछि मारमा परेका उपभोक्ताहरुका लागी भोली बाट आयल निगमले ग्याँस वितरण गर्ने जनाएको छ । भोलीबाट निगमले राजधानिका विभिन्न स्थानमा ग्याँस विक्रि गर्ने भएको हो ।

भोली नयाँ बानेश्वर, कोटेश्वर २२ पुतली, संख्मुल लगायतका स्थानमा ग्याँस वितरण गर्ने जनाएको छ । त्यसैगरी आगामी १७ गने चावेल, चुच्चे पाटी कपन लगायतका स्थानमा ग्याँस वितरण गर्ने भएको छ भने १९, २१, २५ र २७ गते पनि विभिन्न स्थामा ग्याँस विक्री गर्ने आयलनिगमले तयारी थालेको छ । बजारमा ग्याँस अभाव भएको भन्दै सरकारी स्वामित्व नेशनल ट्रेडिङले पनि खाना पकाउने ग्यास बिक्रि गर्ने योजना लिए पनि डिलर र ब्यापारी कालो बाजरी गरेको भन्दै बन्द गरेको थियो ।
आवश्यकता भन्दा बढी ग्यास आपुर्ति र्भइरहेपनि व्यवसायीले नाफा कमाउन कालोबजारी गरेपछि बजारमा ग्यासको अभाव चकिर्एको हो । हरेक दिन माग भन्दा बढी १५ हजार सिलिण्डर भित्रिने आयल निगमले दावी गरेपनि अनुगमन फितलो हुदा बजारमा ग्यासको अभाव कायमै छ ।