उखु किसानको प्रश्न हाम्रो श्रमको मुल्य खोई ?

माघ १४ ,भैरहवा-उखु उत्पादन हुने क्षेत्रका किसानले आफुले पाउनु पर्ने रकम लामो समय बिति सक्दा पनि नपाएको गुनासो गरेका छन् । उनीहरुले उखु  विक्री गरेपछि तत्काल रकमको छिटो भन्दा छिटो माग पनि गरेका छन् । वर्ष भरि लगानी गरेको खेतीको रकम विक्री गरेको ६ महिना तथा एक वर्ष कुरेर रकम पाउनुपर्दा आफुहरुलाई समस्या परेको किसानहरुले गुनासो गरेका छन ।

जिल्ला कृषि विकास कार्यालयले जिल्लाको बहादुरगजमा राखेको उखु वाली सम्वन्धी राखेको गोष्ठीमा उनीहरुले यस्तो वताएका हुन । महालक्ष्मी सुगर मिलका उखु प्रवन्धक हरिनारायण र्चौधरीले सरकारले हालसम्म उखुको मुल्य नतोकेको कारण रकम तिर्न नसकिएको वताउनुभयो साथै उहरुाले नेपालवाट मात्र उखुको मात्रा पुरा नभएकोले भारतवाट उखु माग गर्नु परेको र विदेशीहरुलाई तत्काल रकम दिनुपर्ने वाध्यता रहेको वताए ।