अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बन्दै तिलौरोकोट

माघ १४ ,कपिलवस्तु-बुद्धको क्रिडा स्थल तिलौरोकोट अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बन्दै गएको छ । बुद्धका पिता राजा सुद्धोदनको प्राचिन दरबारको रुपमा मानिएको तिलौराकोटकोे पुरातात्विक अध्ययन, अन्बेशनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएका पुरातत्व बिज्ञहरुहरु समेत त्यहा आएपछि स्थल अन्र्राष्ट्रिय अध्ययन केन्द्र बनेको हो ।

तिलौराकोटमा जारी उत्खननको अध्ययन गर्न बेलायत, ईटली, आईरिस, फान्स, स्विडेन, जापान लागतयका बिज्ञहरु आएको लुम्बिनी बिकास कोषका पुरातत्व अधिकृत कृष्ण केसीले बताउनुभयो । तिलौराकोट उत्खननको दास्रो चरणको योजना अन्र्तगत दोस्रो बर्ष गत जनवरी ८ देखि जारी कार्यमा बिभिन्न देशबाट अध्ययन अनुसंधानका लागि पुरात्व बिज्ञहरुको आउनेक्रम जारी रहेको केसीले बताए ।