हामीले प्रचण्डको राजनीतिक अवसान होइन, अडान चाहेका हौँ – नेता ज्ञवाली

माघ १३,काठमाडौं-  नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बोली फेरिरहने कुराले समस्या परेको बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै नेता ज्ञवादलीले भने प्रचण्डले आज एउटा कुरा गरेर पार्टीमा छलफल गर्छु भनेर जाने र भोलि फर्किदा मिलाउन सकिन भनेर जवाफ दिने जुन चलन छ उहाँको पार्टी पनि त्यसरी नै चलेको भन्ने आरोप समेत लगाएका छन् ।
ज्ञवालीले प्रचण्ड मुलुककै सम्पदा भएको उल्लेख गर्दै एमाले काँग्रेसले उनको राजनीतिक अवसान नचाहेको समेत प्रष्ट पारे । प्रचण्डमा रंग फेर्ने तत्व भएको बताउँदै ज्ञवालीले संविधान बनाउनै भनेर आफूहरुले उच्चस्तरीय राजनीतिक समितिको संयोजक प्रचण्डलाई बनाएको उल्लेख गरे ।
त्यस्तै द्धन्दकालमा कब्जा गरेको जग्गालाई बैद्यता दिएको र संबाद समितिको संयोजकमा डा बाबुराम भटट्राईलाई निर्वाचित गरेको स्पष्ट पार्दै छ–छ पटक सम्म समय दिँदा समेत सहमति जुटाउन नसकेपछि संविधानसभा अध्यक्षले संविधान सम्मत रुपमा माघ ११ गतेको बाध्यात्मक कदम चालेको जिकिर गरे । ज्ञवालीले अब अन्त्यमा प्रचण्डलाई फाईनल कुरा गर्न सक्ने हैसियत राख्न पनि उनले सुझाव दिएका छन्।