तिब्र गतिको बस दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

माघ १३,काठमाडौं- तिब्र गतिको यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । सप्तरीमा ना ४ ख ६९७६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।

मेट्रो यातायातको उक्त बस काठमाडौंबाट झापा जांदै थियो । मृत्यु हनेको सनाखत भएको र उनी सुनसरीस्थित दुहवी–५ का ४९ बर्षीय मोहम्मद आसिम मियां रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । अत्याधिक गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।