सत्तासाझेदारले हस्ताक्षर सार्वजनिक गर्दै मोर्चालाई बोलाए

माघ १३,काठमाडौं- सत्तासाझेदार कांग्रेस, एमालेलगायतका १२ दलले प्रस्ताव समितिमा सदस्यको नाम पठाउन एमाओवादी मोर्चाका अध्यक्ष पुष्पकमल दाहालको मोर्चालाई आग्रह गरेका छन् । मंगलबार बसेको सत्तारुढ दलको बैठकले प्रस्ताव समितिमा नाम पठाएर प्रकृया मार्फत संविधान बनाउने र सहमतिको प्रयास पनि जारी राख्ने निर्णय गरेको नेपाली काँग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले जानकारी दिए ।
सत्तारुढ एक दर्जन दलको मोर्चाले संविधान निर्माण प्रक्रिया र सहमतिको प्रयास सँगसँगै लैजाने पनि बताएको छ । नेता सिटौलाका अनुसार एमाओवादी सहितका विपक्षा दलले समितिमा रहने सदस्यको नाम पठाएमा सहमतिको प्रयास गर्न सकिनेछ । उनका अनुसार बैठकले सहमतिको पहलका लागि प्रधानमन्त्री सुशील कोइरालालाई जिम्मेवारी तोकेको छ ।

सत्तारुढ दलहरुले सहमतिमा संविधान बनाउने गरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राखेको प्रस्तावबाट छलफल अघि बढाउन सकिने बताएका छन् ।