फेसबुक करिब ४५ मिनेट संसारभर चलेन

माघ १३,काठमाडौं-  सामाजिक संजाल फेसबुक आज ५० मिनेटका लागी बन्द भएको छ । मध्यान्ह् १२ बजेदेखि १ बजेसम्म विश्वभर एकैसाथ नचलेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार फेसबुकले आफ्नो वेवसाइटबाट फेसबुक र इन्ट्राग्राम केही समय नचलेको जानकारी गराएको छ।

फेसबुक संसारभर नै नचलेपछि प्रयोगकर्ताले अमेरिका, भारतलगायतका ठाउँबाट यसबारे रिपोर्ट गरेका थिए। नेपालमा पनि सबैभन्दा बढी हेरिने समाजिक सञ्जाल फेसबुक एक दिनका लागि बन्द हुनसक्ने बताइएको थियो।

तर, फेसबुकले आफ्नो डाटा नीति, कुकिज पोलिसी र विभिन्न शर्तहरू अपडेट गर्ने भएकाले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई २४ घण्टाका लागि फेसबुक बन्द गर्न सुझाव दिइएको एजेन्सीहरूले जनाएका थिए। प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले आफ्नो डाटारनीति र शर्तहरू अपडेट गर्दैछ। जसले प्रयोगकर्तालाई भने सहज हुने अनुमान गरिएको छ।