आयल निगममा खड्का, नेसनल ट्रेडिङ लिमिटेडमा बिसी लाई नियुक्त गर्ने निर्णय

माघ १२ ,काठमाडौं- सरकारले वाणिज्य मन्त्रालयअन्तर्गतका विभिन्न निकायको प्रमुख नियुक्त गरेको छ ।मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा गोपालबहादुर खड्का, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा कुमार केसी र नेसनल ट्रेडिङ लिमिटेडको महाप्रबन्धकमा पूर्णशंकर बिसीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यलाई अर्को व्यवस्था नहुन्जेल टिम्बर कर्पोरेसनको अध्यक्ष र वीरेन्द्रकुमार यादवलाई महाप्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

यस्तै, नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठ मनाउन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरिएको छ ।क्यानडाका लागि नेपालका आवासीय राजदूत कालीप्रसाद पोखरेललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको स्थायी प्रतिनिधि तोक्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।