नेपाल पुलिस क्लबलाई राष्ट्रिय लिग फुटबल प्रतियोगिताको पहिलो खेलमै झड्का

माघ १२,काठमाडौं- उपाधि दाबेदार नेपाल पुलिस क्लबलाई रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको पहिलो खेलमै झड्का लागेको छ ।

दशरथ रंगशालमा सोमबार भएको लिगको तेस्रो खेलमा पुलिस जगदम्बा लुम्बिनी फुटबल क्लब रुपन्देहीसँग १–० ले पराजित भएको हो । खेलको ८५औं मिनेटमा अमिर श्रेष्ठले गोल गर्दै लुम्बिनीलाई जिताए ।

पहिलोपटक राष्ट्रिय लिगमा सहभागिता जनाएको लुम्बिनीले ‘डेब्यु’ खेलमै सुखद सुरुआत गरेको हो । खेलमा दुवै टिमले गोल गर्ने आधादर्जन अवसर खेर फालेका थिए ।

यसअघिका दुई खेलमा भने दाबेदारहरु मनाङ–मस्र्याङ्दी क्लब र थ्रीस्टार क्लबले विजयी सुरुआत गरेका थिए ।